गीत
जीवन देखि हारे पछी खुशी बसाईं सारे पछी
कोहि हुन्न रैछ आफ्नो मन आफैंले मारे पछी

एकान्तानै प्यारो लाग्छ बाँच्नु यहाँ बेकार लाग्छ
कोहो आफ्नो को पराइ सोच्दै मनमा घृणा जाग्छ
...
...नियतिले दारे पछी फूल नफुल्दै झारे पछी
कोहि हुन्न रैछ आफ्नो मन आफैंले मारे पछी

मायाँ प्रेम केवल धोका पल्मै फुट्ने जलको फोका
त्रिष्ण मेट्छ जवानीको हुन्न चोटको लेखा जोखा
कसैले दिल बारे पछी बिचल्लीमा पारे पछी
कोहि हुन्न रैछ आफ्नो मन आफैंले मारे पछी

आफ्नै जुठो बारे पछी मन चितामा नारे पछी
कोहि हुन्न रैछ आफ्नो मन आफैंले मारे पछी

मेरो देश


नदि थियो कुलो बनि सुकिराछ मेरो देश
नेपालि कै मुटु माझ दुखिराछ मेरो देश

गाँस-बास,कपास छैन,रक्षाको त के कुरा भो
लोकतन्त्रे फोस्रा भासण भुकिराछ मेरो देश
...

चार-जात छतिस बर्ण,साझा फुलबारी यो
नटुक्राउ मलाइ भन्दै लुकिराछ मेरो देश

स्वर्थ बोकि भाइ-भाइ लडि घरमै खुन बग्दा
बाध्यतामा बिवस भै झुकिराछ मेरो देश

सतिले नै सरापे कि सहिदको आँशुले हो
दिन-दिनै पाइला चाल्न चुकिराछ मेरो देश

निहुँ खोज्छ मान्छे!

सत्य तथ्य बोल्नै हुन्न निहुँ खोज्छ मान्छे!
बिना सित्ति झगडाको बिउ खोज्छ मान्छे!

जमाना नै बद्ल्या होकी मनै अन्जान हो खै
आगो भित्र कनी कुथी हिउँ खोज्छ मान्छे!!

...
...धर्म कर्म रिति रिवाज पुज्न छोडी मायाँ
जवानीको त्रिष्ण मेट्न जिउ खोज्छ मान्छे!!

अल्छी तिघ्रो स्वादे जिब्रो सुन्दै लाग्ने दिक्का
ओठमा दल्ने चिल्लो हुन्न घिउ खोज्छ मान्छे!!

विदेशिने देशभक्त म

देशले खुन् माग्ने डरले विदेशिने देशभक्त म!
छोरा छोरी पाल्ने करले विदेशिने देशभक्त म!!

कस्लाई पो हुन्न रहर जननीको काँखमा खेल्ने
नदिंदा भर् आफ्नै घरले विदेशिने देशभक्त म!!

...
नलागेको भए विश्वास छामी हेर्नु दिलको कुना
ओत दिना छोड्दा खरले विदेशिने देशभक्त म!!

भए पनि खोक्रो बाहिर देखावटी आवरणमा
छारो हाली छोप्न तरले विदेशिने देशभक्त म!!

हत्या हिँसा दिन दहाडै स्वास फेर्न नभै सहज
स्वतन्त्र भै बाँच्ने ठ'रले विदेशिने देशभक्त म!!

बिर्ता सम्झी देश बाउको फैलाउंदै त्याँ हत्या हिँसा
लांदे पछी खोक्रो थरले विदेशिने देशभक्त म!!

धर्म कर्म पर्म संस्कार लगाएत त्याँ मानबता
भुली कष्ट दिंदा नरले विदेशिने देशभक्त म!!

बोल्न मन लाको छैन

धेरै भयो कसैसङ्ग बोल्न मन लाको छैन
गुम्सिएका मन्का कुरा खोल्न मन लाको छैन

निस्टुरि भै दैवले नै मेरा खुशि लुटेपछि
ससार नै उजाड देख्छु डुल्न मन लाको छैन
...

सङ्गै थिए बाबा-आमा स्वर्गसरि थियो ससार
सम्झनाका मिठा पल भुल्न मन लाको छैन

कोहि छैन आफ्नो भन्ने एति जान्दा-जान्दै पनि
अनाथ् नाम्को वर्दि मन्मा हुल्न मन लाको छैन