शान्ति नआए सम्म!



गजल 


पर्खन्छु जुनी जुनी शान्ति नआए सम्म!
फर्केर फेरी उन्ले मन्मा नदाए सम्म!

लम्किन्छु सुस्त-तर छैन पाइला रोक्ने 
देशमा सुख शान्ति चैन नछाए सम्म!!

टुक्राउ कोहि गला आत्मा मर्दैन मेरो
शान्तिको दाना फल्ने बिज नलाए सम्म!!

खाएर सुन हिरा मोति निकाले पनि
सन्तुष्ट हुन्न देश हाम्ले नचाए सम्म!!

करोडौं फूल हामी यौटै धागोमा गांस्सी
रास्ट्रीय गान सबै मिलि नगाए सम्म!!

फुक्नेछु सँधै मैले यौटै बिगुल यहाँ
स्वतन्त्र भइ सबै ओठ नबाए सम्म!!

काँडामा टेक्नु परे टेक्छु मानेर फूल
रोक्दिन आफ्नो यात्रा लक्ष नपाए सम्म!!