आफु त ठुलो मान्छे

गए जाओस देशकै जात आफु त ठुलो मान्छे
मरुन् जनता लागोस खात आफु त ठुलो मान्छे

जसको शक्ति उसकै भक्ति उखान् छ कि कसो त?
सिमाना बेचि पैसाको स्वाद आफु त ठुलो मान्छे
...

सत्तामा बसि खाको छु भत्ता जनता सबै लाटा
जता छामे नि घ्यूमा छ हात आफु त ठुलो मान्छे

भाग्यामानिको भुतै कमारा कि कसो त हजुर?
आमा बेचेर धाइमा साथ आफु त ठुलो मान्छे

के पो गरिन मैले

तिम्रो लागि भन के पो गरिन मैले!
चढीन कि पहाड बेसी झरिन मैले!

गाउँ ठाउँ समाजको नगरी वास्ता
सर्वस्व नै सुम्पी खुशी भरिन मैले!!

...
झुकाई यो दुनियामा ऊँभेको शीर
बा-आमाको अस्तित्व नै हरिन मैले!!
 
किनारमा अल्झी पाउ फसेको बेला
थामी तिम्रो हात खोलि तरिन मैले!!
 
त्यो ओठको हाँसो हेर्न त्यागेर लक्ष
सपना याँ छताछुल्ल छरिन मैले!!
 
पिरतीमा लुटाएर अस्तित्व यहाँ
रुप आफ्नो कलंकित धरिन मैले!!
 
दिर्गायुको लागि देवी देउता भाकी
नियतिको सरणमा परिन मैले!!
 
तिमीलाई ठेस लाग्दा दुखेर दिल
बेदानामा तड्पी तड्पी मरिन मैले!!

ढाडमा डोको छ!

कम्मरमा हाम्रो खुर्पेटो साथी ढाडमा डोको छ!
कर्मठ बन्दै देशको मुहार् बदल्ने धोको छ!

जन्मेको भुमि आमा हो भन्दै पसिना खर्चिने
...
किसान हुँदा माटोको मायाँ पबित्र चोखो छ!!
...
नेपालि युवा बाध्य भै आज विदेश पस्नाले
स्वदेशी बारी बाँझिदा यहाँ र्हिदय रोको छ!!

हलो र् जुवा काँधमा बोकी कोदाली खन्ने यी
कलिला हाम्रो हातमा हेर्नु ठेला र फोको छ!!

दाइले भाइ नचिने पछी रडाको मच्चिंदै
रगते खोली बगेर जाँदा बुद्दत्व भोको छ!!

अहंता बोकी अस्तित्व हाम्ले बिर्सेको देखेर
सतिले श्राप गरेर हो कि दुखको पोको छ!!

शिखर मैले छुनै पर्छ!


जति ठेस लागे पनि शिखर मैले छुनै पर्छ!
गोर्खालीको सन्तान हुँ निडर बिर हुनै पर्छ!

सहिदको सपना यो देशको शिर उच्च राख्न
लत्रिएर के भो हर प्रहर टिप्न जुनै पर्छ!!

...
...भए पनि यहाँ क्षत-बिछ्यत मन दह्रो पारी
रगतको छिट्टा गरि मलम पट्टि धुनै पर्छ!!

छिमेकीको अत्याचार देशमा भा'छ बारबार
मैले गिद्दे पन्जा बाट नेपालीलाइ फुनै पर्छ!!

मातृत्वको पहिचान जोगाइ राख्न आत्मियता
बाको घुंडा नभै पुज्य आमाको थुन दुनै पर्छ!!

मात लाग्यो लौ बर्बाद

सोह्र बर्षे जवानीको मात लाग्यो लौ बर्बाद!
रस चुस्ने भमराको खात लाग्यो लौ बर्बाद!

हिजो सम्म फुच्ची भन्दै बोलाउने मान्छेले नै
अनायासै प्रिया भन्दा बात लाग्यो लौ बर्बाद!!


...सानी थिएँ सोच्ने गर्थें बैंश केके होला भन्थें
भोग्दा आज बदनामी हात लाग्यो लौ बर्बाद!!

जोस चढ्यो होस गुम्यो बेहोसीको नसा कठै!
आज आफ्नै जिन्दगीनै रात लाग्यो लौ बर्बाद!!

सोच्दा आफु मत्ता हात्ती अरु सबै भुसुना याँ
बा-आमाको अर्ति झार पात लाग्यो लौ बर्बाद!!

कैले डिस्को पार्टी कैले दुनियाको खै के भनुँ
हाँस्न खोज्दा आँशु उल्टै साथ लाग्यो लौ बर्बाद!!

जुराए हुन्थ्यो!

गजल 



दैवले उस्को साथ सँधै जुराए हुन्थ्यो!
उ संगै मर्ने बाँच्ने इक्षा पुराए हुन्थ्यो!

अनेकौं दुख कष्ट हांसी काट्ने थें बरु
फाटेको भाग्य तुनी प्वाल तुराए हुन्थ्यो!!

शान्ति नआए सम्म!



गजल 


पर्खन्छु जुनी जुनी शान्ति नआए सम्म!
फर्केर फेरी उन्ले मन्मा नदाए सम्म!

लम्किन्छु सुस्त-तर छैन पाइला रोक्ने 
देशमा सुख शान्ति चैन नछाए सम्म!!

टुक्राउ कोहि गला आत्मा मर्दैन मेरो
शान्तिको दाना फल्ने बिज नलाए सम्म!!

नेपाल देख्न सकूँ

गजल

ऐना हेर्दा आवरणमा नेपाल देख्न सकूँ! 

रगतको कण-कणमा नेपाल लेख्न सकूँ!

चर्च गुफा मठ-मन्दिर मस्चिद जे पुजेनी 
सम्मनिया हर चरणमा नेपाल थेग्न सकूँ!!

...गोर्खालीका सन्तान हाम्रा महान सहिदको 
याद स्वरूप माल्यपणमा नेपाल फेक्न सकूँ!!

स्वार्थ बोकी नभै देशको हितको लागि लड्ने 
जो कोहीको समर्पणमा नेपाल छेक्न सकूँ!!

नियतिले छलमा पारी झुक्काए प्रबासमा 
प्राण थेगी अन्तिम क्षण नेपाल टेक्न सकूँ!!